भक्तपुर, २३ साउन । भक्तपुर नगरपालिका वडा नं १७, सल्लाघारीस्थित च्वाङ्गा गणेश मन्दिर परिसरमा आज एउटा चारमुखे शिवलिङ्ग भेटिएको छ ।
मन्दिरको उत्तरपट्टिको क्षेत्रमा सल्लाको रुखको फेदमा गाडिएर राखिएको अवस्थामा सो मूर्ति स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
करिब २५ किलो तौल भएको १ फिट ६ इन्च अग्लो मूर्ति पहेँलो कपडाले बेरेर छोपेर राखेको अवस्थामा फेला परेको घटनास्थलमा पुगेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव निरीक्षक कृष्ण तिमल्सिनाले जानकारी दिए ।
नियमित पूजा भइरहेको मूर्ति चोरले चोरी गरेर ल्याएर त्यस क्षेत्रमा लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ । भक्तपुरको कुन ठाउँको मूर्ति हो त्यसको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।तस्विर उज्यालोबाट
7 Aug 2016
Subscribe to:
Post Comments (Atom)
