27 Jul 2016

फिल्मकी अभिनेत्री कोपिला सीतापाइला-रत्नपार्क रुटमा टेम्पो चलाउँछिन्

12:41

फिल्मकी अभिनेत्री कोपिला सीतापाइला-रत्नपार्क रुटमा टेम्पो चलाउँछिन्
साँझ साढे चार बजे आरएनएसी पुग्दा उनी टेम्पो स्टेसनमा हामीलाई कुरिरहेकी थिइन्। उनलाई चिन्न हामीले फोन गर्यौं। उनले आफ्नो टेम्पो नम्बर बताइन्। संयोगले हामी उनकै टेम्पोछेउमा रहेछौं।

गोलो, हँसिलो चेहराकी कोपिला तामाङले मुस्कान फालिन्।

नको एउटा हात टेम्पोको स्टेरिङ र अर्को हात आफ्नो च्यापुमा अडिएको थियो। चिनापर्चीपछि हामीले फोटो खिच्न अनुरोध गर्यौं। टेम्पोपछाडिका यात्रु सिटमा बसेर फोटो खिच्दै गर्दा उनी लजाएझैं बोलिन्, ‘बाटो खत्तम छ, आज ताहाचलको पानी जमेको खाल्डोमै टेम्पो बिग्रियो। आफैं बनाउँदा जिउभरी हिलैहिलो। यस्तो बेला पनि ट्राफिकले किचकिच गर्न छोड्दैन भन्या।’
‘हिलो लागेर के भो त! तपाईं यत्तिकै राम्री हुनुहुन्छ नि,’ हामीले भन्यौं।
उनी केही नबोली खुलेर हाँसिन्। 
, क्यामरासामु ‘पोज’ दिन थालिन्।

तिबेलै कम्मरमा ‘मनी ब्याग’, हातमा रसिद र पैसाको सानो बिटो, मुखमा पराग चपाउँदै एक अधवैंशे पुरुष आइपुगे। उनले कोपिलालाई कुन्नी के भनेर जिस्क्याए। ड्राइभर सिटमा बसेर पोज दिइरहेकी कोपिला झनै लजाइन्। 
पछि थाहा भयो, कोपिलालाई तिनले भनेका रहेछन्, ‘ए हिरोनी!’
...
‘ए हिरोनी!’
करिब एक वर्षदेखि कोपिलालाई चिन्नेजान्नेहरू यही भनेर बोलाउँछन्। जवाफमा कोपिला भन्छिन्, ‘तेसो नभन्नु न।’
यो क्रम फेरि–फेरि पनि चलिरहन्छ।

तीन वर्षदेखि सीतापाइला, छाउनी, कालिमाटी हुँदै रत्नपार्कसम्म टेम्पो चलाउने कोपिला खासमा ‘हिरोनी’ नै हुन्। चर्चित हास्यकलाकार रवि डंगोल ‘बेमान’ निर्देशित फिल्म ‘टेम्पो चालक’की मुख्य नायिका। 

रत्नपार्क–छाउनी रूटमा टेम्पो चलाउँदा–चलाउँदै फिल्ममा मुख्य अभिनेत्री बनेकी हुन् कोपिला।