नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार संसदमा सरकारका विरुद्ध अविश्वास प्रस्तावबारे बोल्दै प्रधानमन्त्री केपी ओलीको संघीयता र गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।
दीर्घकालीन वामपन्थी सहकार्य र वामपन्थी केन्द्र बनाउने लक्ष्यसाथ सरकार बनाउन आफूले ओलीलाई सघाएको तर प्रधानमन्त्री ओलीले माओवादीलाई उपयोग गरेर समाप्त पार्ने षडयन्त्र गरेको आरोप प्रचण्डले लगाए।
करीब नौ महिना अघि जुन रोष्ट्रमबाट प्रचण्डले एमालेका अध्यक्ष के पी ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए, त्यही रोष्ट्रमबाट उनले संसदमा प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को आलोचना गरेका हुन्।
प्रधानमन्त्रीजीले माओवादीलाई उपयोग गर्ने, भर्याङ बनाउने र आफ्नो स्वार्थ सिद्ध गरेर त्यसलाई कमजोर पार्ने रणनीति अन्तर्गत जानुभएको महसुस ग-यौं। सबभन्दा दुखद कुरा त्यही नै रह्यो
प्रचण्ड, अध्यक्ष, माओवादी केन्द्र
प्रचण्डले भने, "प्रधानमन्त्रीजीले एउटा कुरा खुला खुला भन्ने गर्नु भएको छ। त्यसको लागि उहाँलाई धन्यवाद नै दिन्छु। उहाँले पटक पटक भन्नु गर्नु भएको छ, यो संघीयता मलाई मन परेको छैन। यो मैले वाध्य भएर स्वीकारेको मात्र हुँ। के महशुस गरियो भने लगाव चाहिँ संघीयता मन नपर्नेहरुसँग विशेष प्रेम भाव भयो।"
22 Jul 2016
Subscribe to:
Post Comments (Atom)

