27 Jul 2016

कसरी सुरु भयो सन्नी लियोनको पोर्न यात्रा ? सोही विषयलाई समेटेर फिल्म बन्ने

13:19

एजेन्सी । बलीउडमा सन्नी लियोनी यस्तो नाम हो जुन छोटो समयमा नै चर्चित बन्न पुग्यो । एउटा खुला किताब जस्तो छर्लगं देखिएको सन्नीको पछिल्लो समयको जिन्दगी सबैले देखे पनि उनी कसरी पोर्न स्टार बन्न पुगीन् भन्ने विषयका बारेमा कमै मात्र जानकार छन् ।
एक सामान्य सन्नी लियोनीले क्यामेराका अगाडी सेक्स गरेको वास्तविकता धेरैलाई थाहा छैन । पोर्न दुनियामा लाग्नुपूर्व कम बोल्ने, बोल्दा लजाउने सन्नी जब पोर्न संसारमा लागिन् उनी एकाएक हिट भइन् । सन्नीको यही लुकेको कथा अब चलचित्र बनेर पर्दामा देखिने भएको छ ।
सन्नीको जीवनीमा चलचित्र बन्दा उनको विगत र बर्तमानलाई कसरी फिचर गरिएला भन्ने प्रश्नको जिज्ञासा आम दर्शकको मनमा लागीरहँदा निर्देशक अभिषेक शर्माले अहिले सन्नीको जीवनमा घटेको तर लुकेको कथा लेखिरहेका छन् ।
जसमा सन्नी र उनका पति डेनियल पनि देखिनेछन् । चलचित्रमा मुख्य रुपमा सन्नीको पोर्न जीवनमा प्रवेश र डेनीयलसँगको प्रेम रोमान्सलाई मुख्य रुपमा उठाइएको भारतीय मिडियाको दाबी छ ।