श्रावण ११, २०७३- राप्ती नदीमा आएको भिषण बाढीमा फसेका होलिया चौफेरी गाउँका चार सय बढी सर्वसाधारणहरुलाई सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । डुबानमा परेका फत्तेपुर क्षेत्रका एक सय बढी सर्वसाधारणहरु बिस्थापित भएका छन् । उद्दार गरिएका चौफेरीका स्थानीयलाई होलियाको सुरक्षित स्थानमा राखिएको छ । फत्तेपुरका बिस्थापितरु पनि सुरक्षित स्थानमा सरेका छन् ।
What's Related?