श्रावण ७, २०७३- भारतीय सेनाको सैन्य बिमान बंगालको खाडी क्षेत्रमा सम्पर्कबिहीन भएको छ । बिमानमा २० भन्दा बढी मानिस सवार छन् । बिमान सम्पर्कबिहीन भएको भारतीय वायू सेनाले पुष्टि गरेको छ ।
भारतीय सेनाको एन्टोनोभ–३२ एयरक्राफ्ट खराब मौसमका कारण सम्पर्कबिहीन भएको बुझिएको छ । बिमान स्थानीय समय अनुसार बिहान ८ : ३० बजे चेन्नईबाट बंगालको खाडी क्षेत्रमा अवतरणको लागि उडेको थियो ।
बिमान ११: ३० बजे अवतरण गर्ने तालिका थियो । बिमानको खोजी सुरु गरिएको अधिकारीहरुले बताएका छन् । भारतीय वायू सेनासँग यस्तो बिमान १ सय वटा भन्दा बढी छ ।