23 Jul 2016

४१ वर्षदेखि जगंलमा बस्दै आएका कोलम्बियनहरू जहाँ महिला पुरुष बिच कुनै असमानता छैन

17:29

एजेन्सी । संसारभर महिला र पुरुषबिच असमानताको खाडल गहिरीँदै गइरहेका बेला कोलंबियाको यो गुरिल्ला क्याम्प समानताका दृष्टिकोणले विश्वमा नै उदाहरण बन्न पुगेको छ । लामो समयदेखि हिंसाको आगो दन्कीरहेको क्यूबामा शान्तिको केही आशा पलाइरहेका बेला ल्याटिन अमेरीकाको एउटा देश कोलंबियामा भने गुरिल्ला युद्ध जारी नै छ ।४१ वर्षदेखि जंगलमा सँगै रातदिन बिताउँदै आएका यि महिला पुरष गुरील्लाबिच भने कुने असमानता छैन । उनीहरु सँगै एउटै ओच्छानमा सुत्छन् । एउटै धारामा एकैपटक महिला पुरुष नुवाउँछन् र आवश्यक परेका सबै काम सँगै गर्छन् ।

जंगलमा नै आधुनिक प्रविधिको भरपुर प्रयोग गर्ने यि गुरील्लाहरु त्यहीबाट नै आधुनिक स्वचालित हतियार चलाउँछन् । जंगलमा शिकार गरेर आफ्नो आहारा जुटाउँदै आएका यिनीहरुको समुहमा अहिले २४ जना छन् ।