20 Jun 2016

नयाँ शक्ति छाड्ने मुडमा करिष्मा, बाबुरामलाई फोनै गरिन्

21:22

काठमाडौं ,असार ७ – डा. बाबुराम भट्टराईको लहलहैमा लागेर नयाँ शक्तिमा पुगेकी अभिनेत्री करिष्मा मानन्धर यतिबेला चौतर्फी आलोचनाको शिकार भएपछि पार्टी छाड्ने मुडमा पुगेकी छिन् ।
उनले बाबुरामलाई फोन गरेर पार्टी छाड्ने बताइसकेकी छिन् ।
दशरथ रंगशालामा उद्घोषिकाको रुपमा प्रस्तुत करिष्माले उद्घोषण गर्ने क्रममा धेरै गल्ती गरेका कारण उनी ‘यू–ट्युव’ सोसल मिडियामा भाइरल बनेकी छिन् ।चलचित्रबाट उठेको उनको छवि बाबुरामले धमिल्याएपछि उनी पार्टी छाड्ने निष्कर्शमा पुगेकी हुन् ।
अब नयाँ शक्तिको उद्घोषिकामा हिसिला यमीको उदय हुने कुराले सुरज वैद्यको टाउको दुख्न थालेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।