असार ८, २०७३- अर्जेन्टिना कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान टेक्सासस्थित एनआरजी स्टेडियममा भएको सेमिफाइनल खेलमा संयुक्त राज्य अमेरिकालाई घरेलु मैदनामा ४-० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
यसैगरी स्ट्राइकर लियोनल मेसीले ३२ मिनेटमा गोल गर्दै अमेरिका विरुद्धको गोल अन्तर दोब्बर बनाएका थिए ।
पहिलो हाफमा २-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि २ गोल गर्दै अमेरिका विरुद्ध ४-० को जित निकाल्यो ।
दोस्रो हाफमा गोन्जालो हिग्विनले ५० औं र ८६ औं मिनेटमा गोल गरेका थिए ।
खेलमा मेसी म्यान अफ दि म्याच घोषित भए ।
अर्जेन्टिनाले भोलि बिहान कोलम्बिया र चिलीबीच हुने सेमिफाइनलको बिजेतासँग आगामी सोमबार बिहान ५:४५ मा फाइनल खेल्नेछ ।
