22 Jun 2016

पुग्यो नेपाल एयरलाइन्सको चार्टर विमान अफगानिस्तान बिमानस्थलमा

14:45

 काठमाडौं असार ८, २०७३- सरकारले सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन पठाएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान अहिले अफगानिस्तानको राजधानी काबुलमा पुगेको छ ।

त्यहाँको स्थानीय समय अनुसार बिहान ६:३० मा बिमान काबुलको अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो  बिमान शव लिएर बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।