19 Jun 2016

पेनाल्टीमा हारेपछि क्रिस्टियानो रोनाल्डोको रूनु बाध्य

11:01

असार ५, २०७३- क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेपछि उनी युरोपेली च्याम्पियनसिपको इतिहासमा आफ्नो नाम कोर्नेबाट शनिबार राति असफल रहे । प्रतियोगितामा भने पोर्चुगलले लगातार दोस्रो बराबरी खेल्यो र यसपल्ट उसको गोलरहित बराबरीको प्रतिद्वन्द्वी अस्ट्रिया रह्यो । रोनाल्डोको प्रहार पोस्टमा लागेको थियो र उनी लगातार युरोका चार संस्करणमा गोल गर्ने खेलाडी हुनबाट वञ्चित रहे ।
कम्तीमा उनले पोर्चुगलका लागि सर्वाधिक खेल खेलेको कीर्तिमान भने बनाए । उनले लुइस फिगोलाई उछिनेर पोर्चुगलका लागि १ सय २८ औं पल्ट खेले । तर रियल म्याड्रिडका सुपर स्टारका लागि ७९ औं मिनेटमा पेनाल्टीबाट चुक्नु बिर्सनलायक रात रहनेछ । उनको प्रहारमा अस्ट्रियाली गोलरक्षक रोबर्ट आल्मरले सही अनुमान गर्न सकेनन र विपरित दिशमा लागे । तर बल भने पोस्टमा लागेको थियो ।

‘यो पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने खेलाडीले गरेको गोल हुनु पथ्र्यो । तर यस्तो भएन, त्यसैले म स्वभाविक रूपमा निराश छु,’ रोनाल्डोले भने, ‘नजिता पनि हामीले अपेक्षा गरे अनुसार रहेन् । हामीले धेरै अवसर त सिर्जना गर्‍यौं । तर त्यसलाई निर्णायक रूप दिन भने सफल रहेनौं ।’

यो नतिजाले समूह ‘एफ’ मा हंगेरी शीर्ष स्थानमा रह्यो । हंगेरीकाे ४ अंक छ भने पाेर्चुगल र अइसल्यान्डकाे २-२ अंक छ । अस्ट्रियाले भने दोस्रो चरण पुग्न अन्तिम लिग चरणको खेलमा निश्चित जित निकाल्नु पर्नेछ । उसकाे १ अंक मात्र छ ।