काठमाडौं, १४ जेठ । अत्यन्त जोखिमपूर्ण यात्राको साधन तुइनलाई झोलुंगे पुल निर्माण गरी प्रतिस्थापन गर्ने सरकारी निर्णयबमोजिम विभिन्न जिल्लामा अहिले ५१ वटा झोलुंगे पुल निर्माण भइरहेका छन् भने तीनवटा निर्माण सम्पन्न भइसकेका छन् ।

त्यसबमोजिम कर्णाली, महाकाली र बागमती नदीमा गरी तीनवटा झोलुंगे पुल निर्माण भइसकेका छन् । बागमती नदीमा बनेको पुलले ललिलतपुर र रामेछापका बासिन्दा लभान्वित भएका छन् भने कर्णालीमा बनेको पुलबाट दैलेख र अछामका बासिन्दाले राहत पाएका छन् ।
त्यस्तै महाकाली नदीमा बनाइएको झोलुंगे पुलका कारण दार्चुलाको उकुक्षेत्र र भातलाई जोडेको छ । तुइनमा जोखिमपूर्ण यात्रा गर्ने विद्यार्थी तथा स्थानीयहरु झोलुङ्गे पुले बनिसकेपछि र बन्ने काम सुरु भएपछि हर्षित भएका छन् ।
भुलुकका ३७ जिल्लामा १७१ वटा तुइनमध्ये बाँकी १०१ को डिपिआर तयारहुदै गरेको प्रधानमन्त्रीका वरिष्ठ आर्थिक विकास विज्ञ गजेन्द्रप्रसाद थपिलियाले बताए । गोरखापत्र दैनिकमा समाचार छ ।