मिडिया एनपी, काठमाडौं, ३१ बैशाख । नायिका गरिमा पन्तले आफू विवाहवन्धनमा गाँसिएको औपचारिक घोषणा गरेकी छिन् । केहि समयअघि बेल्जियम पुुगेकी यि अभिनेत्रीले शुक्रबार मात्रै विवाहको औपचारिक घोषणा गरेकी हुन् । उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी हुन् ।
केहि वर्षदेखि हरिको प्रेममा रहेकी उनले आफ्नो विवाहको औपचारिक घोषणासँगै सामाजिक कार्यको पनि घोषणा गरेकी छिन् । उनले आफूले प्राथमिक शिक्षा प्राप्त गरेको सरस्वतीको मंन्दिर श्री मित्रता उच्च मा.बि र उनको गा.बि.स.स्थित श्री मर्रस्यङदी सामुदायिक विद्या मन्दिर नि.मा.बि .विद्यालयमा आफ्ना बाबुआमा बुबा इन्द्रबहादुर पन्त तथा माया पन्तको संयुक्त नाममा सात लाख नेपाली रुपैयाँ को ‘गरिबरजेहन्दार विद्यार्थी सहायता अक्षयकोष’ स्थापना गर्ने समेत सामाजिक सञ्जालबाट घोषणा गरेकी छिन् ।
