3 May 2016
Anmol KC and Actress Shristi in Movie 'Gajalu"
14:39
काठमाडौं, २१ बैशाख । जीवित देवीको रुपमा पुजिने कुमारीको कथालाई उनेर निर्माण गरिएको फिल्म ‘गाजलुु’लाई लिएर कुमारी घरले प्रश्न उठाएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि कुमारी घरले फिल्म यूनिटलाई बोलाएर सोधपुछ गरेको छ । यो सँगै फिल्ममा लगानी गर्ने रोहित अधिकारी केहि तनावमा देखिएका छन् । गाजलुले वाल्यकालमा कुमारी जीवन विताएकी यूवती कुमारी नरहेपछि के हुन्छ भन्ने विषयबस्तुलाई उठान गरेको छ । नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको जोडीले अभिनय गरेको चलचित्र ‘गाजलु’लाई लिएर कुमारी घरले प्रश्न उठाएपछि निर्माता रोहित अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् ‘चलचित्र कुनै पनि जाति विशेषको सम्प्रदाय परम्परालाई लिएर कोही कसैको मनोभावना तथा संकृतिलाई ठेस पुर्याउने उद्देश्यले प्रस्तुत गर्न खोजिएको होइन ।’ चलचित्रमा समावेश सम्वादपनि कथाको माग अनुसारनै प्रस्तुत गरिएको उनको भनाई छ । हेमराज वीसीले निर्देशन गरेको यो फिल्म रिलिज हुनुपूर्व सेन्सर पास भएपछि कुमारी घरका पदाधिकारीलाई देखाएर आपसी सरसल्लाहा अनुसार हलमा रिलिज गरिने जनाएका छन् । चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारले पनि अभिनय गरेका छन् । जेठ २८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ
What's Related?
Subscribe to:
Post Comments (Atom)
