23 May 2016

American Latin artists with Eighteen others on Mount Everest

18:40












काठमाडौँ, १० जेठ । ल्याटिन अमेरिकाका कलाकार फकुन्डो अरना सहित १८ जना आरोहीले आज सगरमाथाको सफल आरोहण गरेका छन् ।


अरनासहित नौ विदेशी र नौ नेपालीले बिहान सगरमाथाको सफल आरोहण गरेको ट्याग नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक गोविन्द गुरुङले राससलाई जानकारी दिनुभयो । उहाँले ग्रीष्म ऋतुको यस मौसममा आफ्नो कम्पनीबाट गएका सबै १८ आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरेको बताउनुभयो ।

यस ऋतुको यस मौसममा सगरमाथा आरोहणको १३ औँ दिन आजसम्म ३९६ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरामा पुगेका छन् । यद्यपि आज कति सङ्ख्यामा आरोही सगरमाथाको चुचुरामा पुगे भन्ने यकिन विवरण आइनसकेको पर्यटन विभागले जनाएको छ ।