आफ्नो स्वास्थ्यका कारण केही दिनका लागि सुनुवाइ प्रक्रिया रोकिएको भन्दै त्यो छिट्टै सुरु गर्ने उनको भनाइ छ।
आशंका
सकभर यही हप्ता भित्रै सक्छु। राजनितिक कारणले नै मैले गर्यो भन्ने पर्नसक्छ भनेर मैले अरु सदस्यलाई सुनुवाइ गर्दै गर्नुहोस् पनि भनेको थिएँ
कुलबहादुर गुरुङ, सभापति, संसदीय सुनुवाइ विशेष समिति
दलहरुबीचको लामो विवादपछि बनेको संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ सकेर न्यायाधीश र राजदूतमा सिफारिस भएकाहरुको उजुरी समेत लिइसकेको छ।
गत आइतबार न्यायाधीशहरुको सुनुवाई गर्ने कार्यतालिका समितिले बनाएको भए पनि समिति सभापति कुलबहादुर गुरुङले आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।