2 Apr 2016

Rekha Thapa getting marry with Rajesh payal Rai

13:05














It has been long to the point that Rajesh Payal Rai and Rekha Thapa has known each other however the companionship between them has been an endless procedure. In spite of the fact that Rekha is accepted to be awful at holding fellowships for so long, she and Rajesh Payal has been close for calm longer at this point. When they initially met, they both were kinda new to the business yet their fellowship kept going till them two earned a colossal achievement and prevalence. Rekha is a divorced person as she got isolated legitimately with Chabi Raj Ojha, her previous spouse though Rajesh Payal has been looking for one flawless match after his "mitjiu" Rajesh Hamal wedded Madhu Bhattarai. The closeness of Rajesh Payal and Rekha made tension in everybody's heart except as per themselves they are close to great companions. 'We couldn't care less what different needs to say however Rekha is my sweetheart companion, not a lot and that is genuine' said Rajesh Payal with no wavering.

काठमाडौं : अहिलेका सर्बाधिक चर्चित गायक राजेश पायल राई र चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने पक्का भएको छ । राजेश र रेखाले आगमी चैत्र २६ गते भव्य औपचारिक विवाह भोज दिएर वैवाहिक जीवन सुरु गर्ने भएका हुन् । अहिलेका सबैभन्दा व्यास्त गायक राजेशपायल अविवाहित हुन् भने रेखा ‘एक्ली’ ।

राजेशपायल र रेखा एकअर्कामा असाध्यै मिल्ने साथी हुन् भन्ने सबैलाई थाहा थियो । देशविदेशका कार्यक्रमहरुमा दुबैसँगै प्रस्तुत हुन्थ्थे । उनीहरु प्रेममा छन् भन्ने चहिँ अहिलेसम्म कमैलाई थाहा थियो । तर, उनीहरु दुबै लामो समयदेखी प्रेममा थिए । उनीहरु लामो समयदेखी प्रेममा सम्बन्धमा रहेर ‘डेट’ गरिहेका थिए ।

राजेशपायलको पारिवारिक स्रोतका अनुसार उनीहरुको विवाह पक्का भएको हो । राजेशपायलको परिवारको एक सदस्यले भने,‘उहाँहरुको चैत्र २६ गते औपचारिक विवाह हुने पक्का भएको छ ।’ ती सदस्यका अनुसार विवाह दरबारमार्ग स्थित होटल अन्नपूर्णमा हुनेछ ।

दुईदिन अघि मात्रै पनि दरबारमार्गमा भएको एक कार्यक्रममा राजेश र रेखाले गीत गाएका थिए । सो कार्यक्रममा राजेशले ‘डार्लिङ रेखा’ भनेर सम्बोधन गरेका थिए । रेखाले पनि राजेशसँग नर्भस हुने गरेको भन्दै सम्मान र माया प्रकट गरेकी थिइन् । तर, राजेश र रेखाको लागि यो कार्यक्रम नयाँ भने थिएन । विदेशमा भएका दर्जनौं सांगीतिक कार्यक्रमहरुमा दुबैले एकसाथ प्रस्तुती दिदै आएका थिए ।


स्रोतका अनुसार राजेशपायलको विवाहको लागि उनको परिवारले समेत तयारीलाई तिव्र बनाएको छ । बेलायतमा रहेको राजेशका वुवाआमा यही साता काठमाडौं आउदैछन् । जिल्ला बिकास समितिका पूर्व सभापति समेत रहेका राजेशका वुवा रत्न राई खोटाङका वरिष्ठ समाजसेवी र पुराना राजनीतिज्ञ हुन् । राजेशको विवाहका लागि बेलायत र हङकङमा रहेका दिदिहरु समेत नेपाल आइसकेका छन् ।

विवाहको बिषयमा नयाँ पेजले राजेशपायलसँग कुरा गर्दा खुलेर कुरा भने गरेनन् । तर, विवाह गर्ने चहिँ हुन लागेको पुष्टी गरे । उनले भने, ‘हो ! तयारी हुदैंछ, सबै कुरा केही दिनमा थाहा पाउँनु नै हुनेछ ।’ रेखाले पनि विवाह हुन लागेको संकेत गरिन् । उनले यत्रिमात्रै भनिन्,‘चैत्र २६ मेरो लागि बिशेष दिने हुनेछ ।’

उनीहरुको विवाहभोजमा नेपाली सिनेमा र सांगीतिक क्षेत्रका सबै हस्तीहरु, राजनीतिक दलका शिर्ष नेता, पत्रकार र समाजिक क्षेत्रका अगुवाहरुलाई निम्ता दिइने तयारी गरिएको छ । स्रोतका अनुसारको यसको संयोजन राजेशपायलका कान्छा भाई संगीतकार एंव गायक राई नविनले गर्नेछन् । नविन पनि संगीतमा गहिरो ज्ञान भएका गायक हुन् । तर, नविन उतिधेरै चर्चामा भने छैनन् । रेखाले पनि आफ्नी आमा र परिवारलाई विवाहको बारेमा जानकारी दिइसकेकी छिन् ।


विवाहपछि राजेशले रेखालाई हेलीकेप्टर चार्टर गरेर आफ्नो जन्मभुमी खोटाङको बुईपा लैजाने तयारी गरेका छन् । बुईपमा राजेशले रेखालाई किराती संस्कार अनुसार भित्राउनेछन् । त्यसलै लगत्तै दुबै जना रेखाको जन्मघर रहेको मोरङको विराटचोक जानेछन् ।

रेखा र राजेश दुबै अहिलेका चर्चित ‘सेलीब्रेटी’ हुन् । सिनेमा रेखाको चर्चा र हस्तक्षेप छ । संगीतमा राजेशको । शान्तिनगरस्थित आफ्नै घरमा बसीरहेका राजेशले चाडैं विवाह गर्ने योजनामा रहेको बताउँदै आएका थिए । विवाहको लागि राजेशलाई परिवारको पनि तिव्र दबाब थियो ।  विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपमा समेत उनलाई चिनिन्छ । नेपाली संगीत क्षेत्रमा उनी सधैं हिट छन् । नेपाली संगीत क्षेत्रमा देश विदेशका कार्यक्रमहरुमा सबैभन्दा बोलाइने गायकमा पर्छन् उनी ।  त्यसो त राजेश कुशल अभिनेता पनि हुन्, उनले ‘दैवसंजोग’, ‘दौतरी’, ‘परेनि माया जालैमा’, ‘सी माला’ तथा ‘गुण्डाराज’मा लगायतका चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् । उनी राम्रो क्यारीकेचर समेत गर्छन् ।

राजेशकाे मुर्छना ९२०५२०, पूर्वमा रङ चढेछ ९०५३०, जष्ट फर यू ९०५४०, लभ लेटर ९०५५०, बैगुनी रैछौ मायालु, निगाह ९०५६०, जदौ ९०५८०, कामना ९२०६१०, जदौ–२ ९०६३०, दर्शन नमस्ते ९०६५०, राई ईज किङ ९०६६०, जदौ ३ ९२०६८० लगायतका एकल एल्बम बजारमा आइसकेको छ ।

रेखा  निर्देशक र र्निमात्री समेत हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट १० भएकी थिइन् । उनी नेपाली चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।उनले अभिनय गरेको दर्जनौ फिल्म सुपरहिट भएको छ ।